काठमाडौं, २० जेठ।
नेपाली कांग्रेसका नेता नैनसिंह महरले पिछडिएका वर्गका लागि छुट्टै आयोग गठन गर्नुपर्ने बताएका छन् । राजधानीमा आयोजित पिछडावर्गको राष्ट्रिय सम्मेलनमा महरले पिछडिएका वर्गको हकहित नभएसम्म देश विकास हुन नसक्ने बताएका हुन् ।
राजधानीमा आयोजित ५० लाख जनसंख्या रहेको पिछडावर्गको राष्ट्रिय सम्मेलन २०७९ कार्यक्रमका प्रमुख आतिथि रहेका महरले कुनै वर्ग जातिलाई पछाडि राखेर मुलुकमा समान र समग्र विकास हुन नसक्ने बताए । उनले नेपालमा वैधानिकरूपमा समावेशी प्रणाली लागु गर्ने पहिलो पार्टी पनि नेपाली कांग्रेस रहेको दाबी गरे ।
नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुखको अर्थ नै सबै वर्गको समान प्रकृतिको विकासको कल्पना नै भएको महरको भनाई थियो । नेविसंघको अध्यक्ष हुँदादेखि नै शिक्षा, स्वास्थ्य लगायत आधारभूत कुराहरूका लागि निःशुल्क गर्नुपर्ने माग जोडदार रुपमा आफूले उठाउँदै आएको उनको दाबी थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |