काठमाडौं, १९ जेठ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन समितिले मताधिकार खारेजीको अपिलको लागि समयावधि आजै (बिहीबार) बाट सुरु भए पनि समयसीमा भने आज बस्ने अपिल कमिटिको बैठकले तय गर्ने जनाएको छ ।
निर्वाचन समितिका सदस्य बद्री भट्टराईले अपिलका लागि धेरै समय लिँदा पछिल्लो कार्यतालिका प्रभावित हुने भएकाले यसबारे कमिटिले आज समयसीमा तोक्ने बताए ।
‘अपिलका लागि समय आजैबाट सुरु भइसक्यो । तर, अब समयसीमा कति दिन हुन्छ भन्ने पनि कमिटिले आजै निर्णय गर्नेछ,’ भट्टराइले भने, ‘पछिल्लो कार्यतालिका प्रभावित पार्न मिल्दैन । यसको लागि धेरै दिन लिन मिल्दैन । यसबारे निर्णय पनि उहाँहर”ले नै गर्नु हुनेछ ।’
आसन्न निर्वाचन तालिकाअनुसार मंगलबारसम्म दाबीविरोधको समयसीमा थियो । दाबीविरोधका १० उजुरी परेका थिए । यसमध्ये समितिले चारको मताधिकार खोसेको थियो । जसमा महिला समिति, सिरहा जिल्ला, फ्रेन्ड्स क्लब र सरस्वती क्लब रहेका छन् ।
यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिएका पंकजविक्रम नेम्बाङ पक्षले वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाविरुद्ध दिएको आठमध्ये चार उजुरी सही प्रमाणित भएको समितिले ठहर गरेको थियो ।
योसँगै कर्मा पक्षलाई धक्का लागेको छ । उसको चार भोट खोसिने संकेत देखिएको छ । निर्णय चित्त नबुझे अब, यो पक्ष पुनरावेदन समितिमा जान सक्नेछ । जसको लागि आज अपिलको समय तोकिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |