काठमाडौं, १८ जेठ।
केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीको पुनर्स्थापनाका लागि फुटबलसम्बन्धी कार्यक्रम आयोजना हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र एसियाली फुटबल महासंघ (एएफसी) सँग समन्वयन गर्दै सेल्टर आश्रय नेपालले कैदीबन्दीका लागि फुटबल कार्यक्रम ल्याएको हो ।
बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा पत्रकार सम्मेलन गर्दै ‘प्रिजन फुटबल, रिहाबिलिटेसन थ्रु फुटबल प्रोग्राम’ नामक कार्यक्रम सार्वजनिक गरिएको हो । आश्रय नेपालकी अध्यक्ष खुश्बु ओली र एन्फाका महासचिव इन्द्रमान तुलाधरले सम्झौता पत्र आदान–प्रदान गरे ।
आयोजकले कैदीबन्दीहरूको मानसिक स्वास्थ्यमा सहयोगकको साथै आत्मविश्वास जगाउने उद्देश्यले खेलाडी, प्रशिक्षक र रेफ्री प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । कार्यक्रम आगामी ५ जुनबाट सुरु हुनेछ । एक वर्षभित्र दुई चरणमा कार्यक्रम सञ्चालन हुनेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |