काठमाडौं, १७ जेठ।
सहिद स्माकर सी डिभिजन लिगको अन्तिम चरणका खेल भोलिबाट सुरु हुँदैछन् । उपत्यकामा जारी लिगको १२औं चरणका खेल समाप्त हुँदै झापा शीर्षस्थानमा रहेर बी डिभिजन लिगमा बढुवा भइसकेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले लिगको एक खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाउने भएको छ । विजेता र दुई टिम रेलिगेसन पर्दा बी डिभिजनमा बढुवा हुने एक टोलीको टुंगो लाग्न बाँकी छ । प्लानिङ ब्वाइज क्लब र आरसी ३२ फुटबल एकेडेमीमध्ये एक टिम बढुवा हुनेछ ।
लिगको अन्तिम दिन तीन खेल हुँदै छ । शुक्रबार हुने खेलमा आरसी ३२ र स्पोर्टस् एकेडेमी साँगाबीचको खेल दशरथ रंगशालामा दिउँसो साढे १२ बजे सुरु हुनेछ । यस्तै सोही समय ओसिस क्लब र प्लानिङबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतिस्प्पर्धा हुनेछ । अन्तिम खेलमा अपरान्ह साढे ३ बजे विजेता झापा र स्वयम्भू क्लबबीच भिडन्त हुनेछ ।
जारी लिगमा झापा ३१ अंकसहित शीर्षस्थानमा छ । प्लानिङ र आरसी ३२ समान २८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यसअघि नै पुछारमा रहँदै ओसिस क्लब र वीरगञ्ज युथ एकेडेमी रेलिगेशनमा परिसकेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |