एजेन्सी
टोकियो, १५ जेठ।
दुई वर्षदेखि पर्यटकका लागि बन्द रहेको जापानले ९८ देश र क्षेत्रका पर्यटकका लागि आफ्नो सिमाना खुला गरेको छ । तर, केही प्रतिबन्ध भने अझै जारी राखिएको छ । जापानले काेभिड भाइरस नियन्त्रणका लागि विभिन्न कदम चालेको थियो । सन् २०२० मा सम्पन्न टोकियो ओलम्पिक खेलमासमेत विदेशी आगन्तुकहरूलाई प्रतिबन्ध लगाएको थियो ।
विदेशी वासिन्दा र व्यावसायिक यात्रुहरूका लागि यात्रा प्रतिबन्धहरू पहिले नै खुकुलो पारिएको थियो र सरकारले १ जुनदेखि दैनिक विदेशी आगमनको सीमा २०,००० पु¥याएको छ ।
मार्चको मध्यदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पनि प्रवेश अनुमति दिइएको छ । १० जुनदेखि टुर समूहहरूलाई देश प्रवेश गर्न अनुमति दिइनेछ । तर, एक सय देश र क्षेत्रलाई रातो, पहेलो र निलो गरी तीनओटा जोखिम समूहमा विभाजन गरिएको छ । विदेश मन्त्रालयका अनुसार जोखिम समूह मूल्यांकन गरेर ती देशबाट आउने आगन्तुकहरूलाई क्वारेन्टिनमा राख्ने वा नराख्ने भन्ने बारेमा निर्धारण गरिनेछ ।
पयर्टन जापानको अर्थतन्त्रको एउटा मुख्य हिस्सा हो । सन् २०२० मा पर्यटक आगमन ९०% भन्दा बढी घटेको थियो । तर, विदेशी पर्यटकहरुका लागि सिमाना खुला गरेसँगै पयर्टन व्यवसायी उत्साहित भएका छन् ।
‘लगभग दुई वर्षदेखि जापानको सीमा बन्द भए पनि हामी जापान भ्रमणमा धेरैले रुची जनाएकाे देखिरहेका छौं । सीमा पूर्ण रूपमा खुला हुने बित्तिकै बुकिङमा भिड हुनेछ’, इन्टरपिड ट्राभलकी प्रबन्ध निर्देशक जिना बेन्चेखले भनिन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |