एजेन्सी
किभ, १२ जेठ।
युक्रेनी सहर मारिओपोलमा सहरमा २०० शव फेला परेका छन् । एउटा भत्किएको भवनको भग्नावशेष निकाल्ने मजुदरले भवनको बेसमेन्टबाट करिब २०० शव फेला पारेको मारिओपोलका मेयरका सल्लाहकारले बताएका छन् ।
शवहरू सडेका र छिमेकमा दुर्गन्ध फैलिएको मारिओपोलका मेयर पेट्रो एन्ड्रयुश्चेन्कोले बताए । शव फेला परेको विवरण स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन् ।
रुसले आजोभ सागरको तटमा रहेको युक्रेनको प्रमुख बन्दरगाह सहर मारिओपोलमाथि आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ । २४ फेब्रुवरीमा सुरु भएको हमलापछि रूसले कब्जा गर्न सफल भएको एक मात्र सहर हो मारिओपोल ।
रूसी बम विष्फोटले मरिओपोल सहर क्षतविक्षत बन्यो । एजोभस्टल स्टिल कारखाना युक्रेनी प्रतिरोधको अन्तिम स्थल बनेको थियो । तर, त्यहाँको प्रतिरोध फौजले पनि अहिले आत्मसमर्पण गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |