काठमाडौं, १० जेठ ।
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा २९ अर्ब ७० करोड १० लाख ४९ हजार रुपैयाँको सुन भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उक्त सुन नेपाल भित्रिएको हो ।
सो मूल्यमा ४ हजार २४८.५ केजी सुन नेपाल भित्रिएको विभागले जनाएको छ । नेपालमा युनाईटेड अरब इमिरेट्स (युएई) र टर्कीबाट सुन आउने गरेको छ ।
विभागको तथ्याङ्क अनुसार पछिल्लो दश महिनामा युएईबाट २३ अर्ब ७७ करोड २२ लाख ९९ हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ । यस्तै, सोही अवधिमा टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँको सुन नेपाल आएको छ ।
गत आर्थिक वर्ष २०७७/७७ मा युएई र टर्कीबाट नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख ५१ हजार रुपैयाँको ३ हजार ९२४ केजी सुन भित्रिएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |