एजेन्सी
मस्को, ५ जेठ।
युक्रेनमा रुसको आक्रमणले आगामी महिनामा विश्वव्यापी खाद्यान्न अभाव हुनसक्ने राष्ट्रसंघले चेतावनी दिएको छ । युद्धले गरिब राष्ट्रहरूमा बढ्दो मूल्यका कारण खाद्यान्न असुरक्षालाई झनै बिग्रिएको महासचिव एन्टोनियो गुटेरेसले बताए ।
युक्रेनी निर्यात युद्धपूर्वको स्तरमा पुनस्र्थापित नगरि विश्वले वर्षौंसम्म अनिकालको सामना गर्न सक्ने उनले चेतावनी दिए ।
द्वन्द्वले युक्रेनको बन्दरगाहबाट आपूर्ति कटौती गरेको छ । युक्रेन बन्दरगाहबाट कुनै समय ठूलो मात्रामा सूर्यमुखी तेल र मकै र गहुँ जस्ता अनाजहरू निर्यात हुन्थे ।
यसले विश्वव्यापी आपूर्ति घटाएको छ र वैकल्पिक सामाग्रीहरूको मूल्य बढेको छ । राष्ट्रसंघका अनुसार गत वर्षको सोही अवधिको तुलनामा विश्वव्यापी खाद्यान्नको मूल्य झण्डै ३० प्रतिशत बढी छ ।
बुधवार न्युयोर्कमा बोल्दै गुटेरेसले द्वन्द्वका कारण लाखौँ मानिसलाई खाद्य असुरक्षामा फसाउने खतरा भएको बताए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |