धादिङ,०२ जेठ ।
धादिङको तिन वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नीलकण्ठ नगरपालिका वडा नम्बरमा ३ मा पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका राजकुमार श्रेष्ठ बिजयी भएका हुन् ।
नेपाली काँग्रेसको पकट क्षेत्र मानिएको नीलकण्ठ ३ नम्बर वडामा गुलाफ चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिनुभएको श्रेष्ठले कुल २ हजार ८४१ मत खसेकोमा श्रेष्ठले १ हजार ३ सय ३९ मत ल्याउन सफल भए ।
उनका निकटतम् प्रतिद्धन्दी नेपाली काँग्रेसका गोपी कृष्ण भण्डारी ले ६३९ मत ल्याउदा नेकपा एमालेका किरण पाठकले २४१ मत र नेकपा माओवादीका नारायण कुमार श्रेष्ठले ३९५ मत पाए । श्रेष्ठले काँग्रेसको आधिकारिक उम्मेद्वारलाइ ७१० मतको फराकिलो अन्तरले हराउदै विजयी बनेका हुन् ।
पार्टीले अन्य ब्यक्तिलाइ टिकट दिएको र टिकट वितरण गर्दा आकांक्षीहरुलाइ कुनै छलफल नै नगराएको भन्दै श्रेष्ठले स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।यसैगरी धादिङकै ज्वालामुखी गाउँपालिका वडा नं ४ मा पनि नेपाली काँग्रेसका बागी उम्मेद्वार कृष्ण गुरुङ विजयी भएका छन् । २०७४ मा काँग्रेसबाटै टिकट पाएर वडा अध्यक्ष जितेका गुरुङ यसपटक पार्टीलाइ अरुलाइनै टिकट दिएपछि असन्तुष्ट कार्यकर्ताहरुको समर्थनमा बागी उम्मेद्वारी दिएका थिए ।
खरायो चिन्ह लिएर प्रतिस्पर्धा गरेका गुरुङले ११ सय ३ मत पाउँदा काँग्रेसका कृष्णलाल श्रेष्ठले जम्मा ५ सय ३९ मत मात्रै पाए। नेपाली काँग्रेसको गढ भनेर चिनिने उक्त वडामा यसपटक काँग्रेसको आधिकारिक उम्मेद्वारलाइ एमाललेपनि उछिनेको छ । एमालेका राम प्रसाद अर्यालको ५ सय ९४ मत आएको छ ।
त्यस्तै धुनिवेशी नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा पनि स्वतन्त्रबाट विशाल भट्टराई वडा अध्यक्षमा विजयी भएका छन् । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका कृष्णकुमार रेग्मीलाई २०८ मतले पराजित गर्दै बिजयी भएका हुन् । भट्टराईले ८८६ मत ल्याए भने माओवादी केन्द्रका रेग्मीले ६७८, एमालेका उम्मेदवार बुद्धिराज घलेले १८१, राप्रपाका उम्मेदवार भोटे राईले १८ मत ल्याएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |