धादिङ,०२ ज्येष्ठ ।
धादिङकोे नीलकण्ठ नगरपालिका वडा नं ४ मा नेकपा एमालेका उम्मेदवार हरी श्रेष्ठ प्यानल सहित बिजयी हुनुभएको छ ।
श्रेष्ठले नेपाली काँग्रेसका उम्मेदवार राजकुमार रानामगर लाई ४५३ मतान्तरले पराजित गर्दै बिजयी हुनुभएको हो । श्रेष्ठले वडाअध्यक्षमा ११ सय मत प्राप्त गर्नु भएको छ भने काँग्रेसका रानाले ६४७ मत ल्याउनु भएको छ ।
वडा नं ४ मा नगरपालिका प्रमुख पदमा सुर्य चिन्हको ९१६ , रुख चिन्हको ६९६ र उपप्रमुख पदमा सुर्य चिन्हको ८८२ मत प्राप्त भएको छ भने हसिया हथौडा चिन्हमा २६३ मत प्राप्त भएको छ ।
यसअघि नीलकण्ठ नगरपालिका वडा नं १ र २ मा माओवादी केन्द्रका उम्मेदवार र वडा नं ३ मा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |