काठमाडौं, २८ वैशाख ।
कोरोना महामारीको जोखिम घटेसँगै वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २ लाख ५६ हजार ३१ पुगेको छ ।
२०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उनीहरुले अन्तिम श्रम स्वीकृति लिएका हुन् । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिनेको संख्या ७४.९ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या चैत महिनासम्म १९९.९ प्रतिशतले वृद्धि भई २ लाख ६ हजार ६२९ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |