काठमाडौं, २५ वैशाख ।
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा विभिन्न देशबाट नेपालमा करिव साढे तीन अर्बको राउटर भित्रिएको छ ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा ती राउटर नेपाल भित्रिएको हो ।
उक्त अवधिमा कूल ३ अर्ब ४५ करोड ८० लाख ७२ हजार रुपैयाँको १० लाख ३२ हजार २७४ थान राउटर नेपाल भित्रिएको विभागले जनाएको छ ।
अष्ट्रेलिया, बेल्जियम, चीन, जर्मनी, हङकङ, भारत, जापान, दक्षिण कोरिया, लाट्भीया, लिथुवानिया, मलेसिया, कतार, ताइवान, थाइल्याण्ड, युनाइटेड अरब इमिरेट् (युएई), बेलायत, अमेरिका र भियतनामबाट राउटरहरु नेपाल आउने गरेको छ ।
नेपालमा सबैभन्दा ठूलो मात्रामा राउटर चीनबाट आउने गरेको विभागको तथ्याङ्कले देखाउँछ । पछिल्लो नौ महिनामा चीनबाट मात्र ३ अर्ब ३२ करोड २० लाख ९८ हजार रुपैयाँको १० लाख २ हजार ७०५ थान राउटर नेपाल आएको छ ।
गत आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट नेपालले २ अर्ब १५ करोड ८२ लाख ३९ हजार रुपैयाँको ८ लाख ५ हजार २८० थान राउटर आयात गरेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |