पोखरा, २४ वैशाख
जिल्ला प्रशासन कार्यालय कास्कीले निर्वाचनको मौन अवधिभर मदिराजन्य सामग्री विक्री वितरण गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । ३० वैशाखमा हुने हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मौन अवधिभर मदिराजन्य सामग्रीहरुको विक्री वितरणमा पूर्ण रुपमा बन्द गर्न कार्यालये उर्दी जारी गरेको हो ।
निर्वाचन प्रचार प्रसारमा रक्सी पिएर हिंसात्मक गतिविधि हुन सक्ने आँकलन गर्दै प्रशासनले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । उनका अनुसार रात्रीकालीन व्यवसायमासमेत कडाई गरिएको छ ।
पोखराका पर्यटन व्यवसायीसगँको छलफलपछि उक्त निर्णय गरिएको हो । व्यवसायीले सरकारको निर्देशन पालना गर्ने बचन दिएका छन् । वैशाख २७ गते राति १२ बजेपछि मौन अवधिभर मदिना विक्रि वितरण पूर्णरूपमा बन्द गरेर मात्रै व्यासाय सञ्चालन गर्ने निर्णय गरिएको हो ।
प्रशासनले विज्ञप्ति निकालेर रक्सीजन्य पदार्थ नबेच्न भनेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |