काठमाडौं, २३ वैशाख
नेपाल र जिम्बावे ‘ए’ बीचको पहिलो एक दिवसीय खेल आजबाट सुरु हुँदैछ । कीर्तिपुर स्थित टियु मैदानमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ
जिम्वाबेविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआतको लक्ष्यमा हुनेछ । गत साता शनिबार नै नेपाल र जिम्बावेबीचको तीन एक दिवसीय खेलको शृंखलाको तालिका रहेको थियो । तर लगतारको वर्षाका कारण पहिलो एक दिवसीय खेल सम्भव भएन ।
त्यसलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले एक दिवसीय शृंखलाको तालिका परिवर्तन गर्दै पहिला तीन ट्वान्टी-२० शृंखला आयोजना गरेको थियो ।
तीन ट्वान्टी-२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भयो । दोस्रो खेल वर्षाका कारण सम्भवन भएन । बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा आठ विकेटको जितसहित नेपालले शृंंखलामा १-१ को बराबरी गरेको थियो ।
नयाँ तालिका अनुसार आजबाट तीन एक दिवसीय शृंंखलाअन्तर्गतको पहिलो खेल आयोजना हुन लागेको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |