काठमाडौं, २२ वैशाख।
फ्रेन्चाइच क्रिकेट एभरेष्ट प्रिमियर लिग (इपीएल) को पाँचौ संस्करण कात्तिक अन्तिम सातादेखि सुरू हुने भएको छ । बिहीबार आयोजकले प्रतियोगिताको पाँचौं संस्करण आगामी २६ कात्तिकबाट सुरु हुने घोषणा गरेको हो ।
इपीएलमा काठमाडौं किङ्स ११, ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज, चितवन टाइगर्स, विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्स गरी ६ टोलीको सहभागिता रहने गरेको छ ।
यसअघि प्रतियोगिताको पछिल्लो संस्करणको उपाधि चितवन टाइगर्सले जितेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत २३ असोजमा भएको फाइनलमा चितवनले पोखरा राइनोजलाई चार विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |