एजेन्सी
रियो दि जेनेरियो, २२ वैशाख।
यदि दैनिक कामको पेलाइले तपाईलाई कमजोर बनाइरहेको छ र धेरै लामो समयदेखि एउटै कार्यलयमा एउटै काम गर्दा दिक्क हुनुहुन्छ भने १०० वर्षीय वाल्टर ओर्थम्यानलाई हेर्नुहोस, जो एउटै कम्पनीमा ८४ वर्षदेखि छन् ।
गिनिज वल्र्ड रेकर्ड्स लिमिटेडले जनवरीमा ब्राजिलका बिक्री प्रबन्धक ओर्थम्यानले एउटै कम्पनीमा सबैभन्दा लामो करिअर बनाउने व्यक्ति भएको घोषणा गरेको थियो । उनी आठ दशकभन्दा बढी समयदेखि एउटै कपडा कम्पनीमा कार्यरत थिए ।
शताब्दी पुरुष ओर्थम्यानले दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा एक वर्षअघि इन्डस्ट्रियास रेनक्स एसएमा ढुवानी सहायकको रूपमामा काम सुरु गरेका थिए । त्यतिबेला उनी जम्मा १५ वर्षका थिए । उनलाई एउटा स्थानमा पदोन्नति गरियो जहाँ उनी आजसम्म छन् ।
उनी काम गर्ने कार्यलयको नाम फेरिएर अहिले रेनक्सभ्यू राखिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |