एजेन्सी
नयाँ दिल्ली, २० वैशाख।
भारतको राजधानी दिल्लीका अटो रिक्सा चालक महेन्द्र कुमारले आफ्ना यात्रुहरूलाई चिसो राख्न अनौठो जुक्ति निकालेका छन् । देशमा चर्को गर्मीको मौसममा कुमारले आफ्नो अटोरिक्साको छतमा बगैंचा स्थापना गर्दैछन् ।
भारतको मौसम विभागले उत्तरको अधिकांश भागमा ताप लहरको चेतावनी दिएको छ र मे ३ मा दिल्लीमा वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
राजधानीमा ४५ डिग्री सेल्सियसबीच छतमाथिको बगैैचाले उनको गाडीलाई चिसो राख्छन् । ४८ वर्षीय कुमारको ‘मुभिङ गार्डेन’ ले अटोरिक्सभित्र यात्रा गर्दा फोटो वा भिडियो खिच्ने ग्राहकहरूलाई आकर्षित गरिरहेको छ ।
फ्रान्सेली समचार संस्था एएफपीसँगको एक अन्तवार्तामा कुमारले भने, ‘लगभग दुई वर्ष पहिले मलाई गर्मीको मौसममा यो विचार आएको थियो । मैले छतमा केही बिरुवाहरू हुर्काए यसले मेरो अटोलाई चिसो राख्छ र यात्रुहरूलाई गर्मीबाट राहत दिन्छ ।’
नयाँ दिल्लीका सडकहरूमा पहेँलो र हरियो अटोरिक्सा जताततै भए पनि कुमारको गाडीभित्र दुई वटा मिनी कुलर र फ्यानहरू जडान गरेकाले फरक देखिन्छ । तीन सन्तानका पिता कुमारले ग्राहकलाई गरेको आफ्नो उत्कृष्ट सेवाका कारण थप टिप्स पाएको बताउँछन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |