काठमाडौं,२० वैशाख
नेपाल इको प्यानलद्वारा उत्पादित प्यानल बोर्डको मूल्य प्रति वर्गफिट २५ रुपैयाँंले घटाइएको छ । प्रति वर्गफिट दुई सय २५ रुपैयाँं रहेको प्यानल बोर्डको मूल्य घटाएर दुई सय रुपैयाँंमा सिमित गरिएको हो ।
अत्याधिक मागसँंगै धेरै विक्री हुन थालेपछि मूल्य घटाएर दिन सम्भब भएको इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले बताए ।
साथै कम्पनीले ६ सय वर्गफिट भन्दा माथि खरिद गर्नेहरुका लागि काठमाडौं उपत्यकामा निःशुल्क ढुवानीको पनि व्यवस्था गरेको छ । साथसाथै निर्माणस्थलमा पुग्दा टुटफुट भएमा साटिने व्यवस्था पनि मिलाएको कम्पनीले जनाएको छ ।
यो ७० वर्ष ग्यारेन्टी भएको प्यानल हो । च्यानलमा अथवा विना च्यानलमा सजिलै जडान गर्ने मिल्नु यसको विशेषता रहेको छ ।
इको प्यानल स्थायी अथवा अस्थायी संरचनामा भित्री तथा बाहिर पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । भूकम्पप्रतिरोधी, हलुका हुनु, तीव्र निर्माणलगायतका विशेष विशषताका कारण पछिल्ला वर्षहरुमा यसको माग देशभरि नै छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |