धादिङ,१८ बैशाख ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ जुम्रे डाँडामा बोलेरो दुर्घटना हुदा ९ जना घाईते भएका छन् । धादिङबेसीबाट गुम्दी जादै गरेको ग १ ज ५४३१ नम्बरको बोलेरो आईतबार दिउँसो ३ः२० बजेको समयमा अनियन्त्रीत भई सडकमा पल्टिदा ९ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
दुर्घटनामा परि घाइते हुने ९ जना गंगाजमुना गाउपालिका वडा नम्बर ४ गुम्दीका ५० बर्षीया सन्तु माया गुरुङ, ८० बर्षीया तिर्थ माया गुरुङ, ३० बर्षीय यम बहादुर गुरुङ, ३३ बर्षीय सुक बहादुर गुरुङ, २४ बर्षीय रमेश बहादुर घले, २० बर्षीया तारा गुरुङ, २७ बर्षीया देश माया गुरुङ रहेका छन् ।
त्यस्तै १२ बर्षीय बालक ठाकुर गुरुङ र ९१ बर्षीया श्रि माया गुरुङ रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको र बोलेरो चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |