काठमाडौं, १८ वैशाख।
जिम्बाबे ‘ए’ विरुद्धको टी- २० शृंखलाको पहिलो खेलमा नेपालले १८२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रनको योगफल तयार गर्याे । नेपालका लागि ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले २७ रनको साझेदारी गर्दै मध्यम सुरुआत दिलाएका थिए ।
नेपालका कुशलले ४६ रन बनाए । आदिल आलमले अविजित ४७ रनको योगदान गरे । रोहितकुमार पौडेलले ३६ रन बनाए ।
जिम्बाब्वेका लागि ब्राड इभान्स, लुक जोङ्ग्वे, ब्रान्डोन माभुता र जोन मसाराले एक-एक विकेट लिए। नेपाल भ्रमणमा रहेको जिम्बाबेले तीन टी-२० र तीन एकदिवसीय खेल खेल्नेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |