काठमाडौं, १८ वैशाख ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ९९ पैसा र बिक्री दर १२२ रुपैयाँ ५९ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ९७ पैसा र बिक्री दर १२९ रुपैयाँ ६ पैसा छ । यूके पाउन्ड स्टर्लिङ एकको खरिद दर १५३ रुपैयाँ १८ पैसा र बिक्री दर १५३ रुपैयाँ ९४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२५ रुपैयाँ ८१ पैसा र बिक्री दर १२६ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३६ पैसा र बिक्री दर ८७ रुपैयाँ ७९ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ७३ पैसा र बिक्री दर ९६ रुपैयाँ दुई पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ३७ पैसा र बिक्री दर नौ रुपैयाँ ४१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५१ पैसा र बिक्री दर १८ रुपैयाँ ६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिद दर ३२ रुपैयाँ ५२ पैसा र बिक्री दर ३२ रुपैयाँ ६८ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ४४ पैसा र बिक्री दर ३३ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ दुई पैसा छ भने बिक्री दर २८ रुपैयाँ १६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ६९ पैसा र बिक्री दर नौ रुपैयाँ ७४ पैसा कायम भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |