एजेन्सी
लन्डन, १५ वैशाख।
दमबाट पुरुषको तुलनामा महिलामा मृत्युको सम्भावना दोब्बर रहेको बेलायतको एउटा गैरसरकारी संस्थाले चेतावनी दिएको छ । अस्थमा प्लस लङ युकेका अनुसार पछिल्लो पाँच वर्षमा बेलायतमा दमका कारण हुने मृत्युमध्ये दुई तिहाइभन्दा बढी महिलाहरू छन् । ‘ठूलो स्वास्थ्य असमानता’ सम्बोधन गर्न अझै केही गर्नु पर्ने सो संस्थाले जनाएको छ ।
दम एक ब्रेदिङ डिसअडर हो जसअन्तर्गत श्वासनली साँघुरो हुन्छ, फुल्छ र धेरै खकार आउँछ । स्वा स्वा हुनु, श्वास फेर्न कठिनाई हुनु, छाती दुख्नु, खोकी लाग्नु यसका लक्षण हुन । अस्थमाले विश्वभर करिब १३ करोड ६० लाख महिलालाई असर गरेको छ ।
बेलायतमा पछिल्लो पाँच वर्षमा दमका कारण ५१ सयभन्दा बढी महिलाहरूको मृत्यु भएको छ । सोही अवधिमा २३ सयभन्दा थोरै पुरुषहरूको यो रोगबाट मृत्यु भएको छ ।
अध्ययनअनुसार महिला सेक्स हर्मोनहरूमा परिवर्तनहरूले दमको लक्षणहरू देखिने गरेको र त्यसबारे धेरै मानिसहरू अनभिज्ञ छन् । बाल्यअवस्थामा यो रोग बालकहरूमा बढी देखिन्छ । तर, यौवन अवस्थापछि स्थिति परिवर्तन हुन्छ र महिलाहरूमा दम अधिक देखिन्छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |