काठमाडौं, ११ वैशाख ।
टुर दि लुम्बिनी फाउन्डेसनको आयोजनामा काठमाडौं उपत्यकामा रहेका सातवटा विश्व सम्पदा स्थललाई जोड्ने सम्पदा साइकल यात्रा सम्पन्न भएको छ । करिब तीन सय साइकल यात्री सहभागी रहेको साइकल यात्रा बसन्तपुर दरबार क्षेत्रबाट शुरू भएको थियो । त्यहाँंबाट स्वयम्भु, पशुपतिनाथ, बौद्ध, चांगुनारायण, भक्तपुर दरबार क्षेत्र हुँदै पाटन दरबार क्षेत्रमा समापन भएको थियो ।
बौद्ध स्टुपाको परिक्रमा पश्चात मुलपानी चांगुनारायणदेखि साइकल कनेक्ट भक्तपुरको टोलीले पथप्रदर्शकको भूमिका निर्वाह गरेको थियो । त्यसपछि यात्रा भक्तपुरको देकोचा, कमलविनायक, सूर्यमढी, दत्तात्रय, टौमढी हुँदै भक्तपुर दरबार क्षेत्रमा पुगेको थियो ।
प्रदुषणका कारण अरू क्षेत्रसगँसगैँ मानव सभ्यताको चिनारीको रूपमा रहेका विश्व सम्पदाहरूमा परेको असरलाई न्यूनीकरण गर्न नीतिगत तह र स्थलगत तहमा विभिन्न कार्यक्रममा जोड दिनुपर्ने विषयमा सहभागीहरूले आफ्नो विचार पेश गरेका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |