एजेन्सी
किभ, ११ वैशाख।
युक्रेन भ्रमणअघि रुसको भ्रमण गर्न खोजको भन्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको आलोचना गरेका छन् । महासचिव गुटरेसले मंगलबार मस्कोको भ्रमण गर्दैछन् । मस्को भ्रमणका क्रममा गुटरेसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेइ लाभरोभसँग भेट गर्नेछन् ।
मस्को भ्रमणलगत्तै उनी युक्रेनको राजधानी किभ पुग्ने कार्यतालिका छ । युक्रेन भ्रमणका क्रममा महासचिव गुटरेसले बिहीबार किभमा युक्रेनी राष्ट्रपति पुटिन र विदेशमन्त्री दिमित्रो कुलेबासँग भेट गर्नेछन् । युक्रेन युद्ध अन्त्यका लागि राष्ट्रसंघमाथि चर्को दबाब छ । रुस र युक्रेन दुबै राष्ट्रसंघका संस्थापक सदस्यहरू हुन् ।
रुसले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ । युक्रेनमाथिको रुसी हमलामा २१३ बालबालिकाको मृत्यु भएको छ । हमलामा ३८९ जना घाइते भएका युक्रेनको महान्यायधिवक्ताको कार्यलयले जनाएको छ ।
यसैबीच, युरोपको सुरक्षा र सहयोग संगठनले पूर्वी युक्रेनमा हिरासतमा रहेका विशेष अनुगमन मिसनका सदस्यहरूको रिहाइ सुरक्षित गर्न काम गरिरहेको जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |