काठमाडौं, ७ वैशाख।
गीतकार तथा मोडल जिम्बे राईको नयाँ गीत माया बिछट्टैको भिडियो सार्वजनिक गरिएको छ । राईकै शब्द सिर्जनामा तयार पारिएको माया बिछट्टै बोलको गीतमा गायक प्रताप दास र गायिका प्रविशा अधिकारीको स्वर छ ।
गीतमा संगीतकार ऋषि खड्काको संगीत सृजना छ भने विशाल निरौलाको एरेन्ज छ । भिडियोमा मोडल राईसँगै अभिनेत्री लक्ष्मी बर्देवाका अभिनय देख्न सकिन्छ ।
रंगमञ्चबाट आएकी अभिनेत्री लक्ष्मी र टिकटकबाट आएकी मोडल राईको माध्यमबाट निर्देशक बिक्रम चौहानले एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई देखाएका छन् ।
सार्वजनिक गीतमा प्रकाश खड्काको छायांकन तथा मिलन विश्वकर्माको सम्पादन छ ।
गीतकाे लिंक : https://www.youtube.com/watch?v=Z-GWGfTv-HA
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |