काठमाडौं, ७ वैशाख ।
नेप्से परिसूचक बुधबार एकैदिन ३६ दशमलव ७३ अंकले ओरालो लागेको छ । एकैदिन १.५३ प्रतिशतले घटेको नेप्से २३ सय २० अंकमा पुगेर बन्द भएको छ ।
नेप्सेमा सेन्सेटिभ इन्डेक्स ६ दशमलव ६९ अंकले घटेर चार सय ८१ दशमलव ८ अंकमा पुगेको छ । मंगलबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बुधबार पनि ओरालो लागेको हो । नेप्से परिसूचक साताको पहिलो दिन आइतबार र सोमबार पनि ओरालो लागेको थियो ।
मंगलबार नेप्से १३ दशमलब ६७ अंकले बढेर २३ सय ५७ दशमलव २५ अंकमा पुगेको थियो । नेप्सेमा बुधबार ३५ लाख ७० हजार कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजारमा १९९ कम्पनीका सेयरधनीले गुमाएका छन् भने २० कम्पनीका सेयरधनीले नाफा कमाएका छन् । निरन्तर सकारात्मक सर्किट लाग्दै आएको नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा बुधबार १० प्रतिशतको नकारात्मक सर्किट लागेर घटेको छ ।
नेस्टो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३०१ रुपैयाँ घटेर दुई हजार ७१० रुपैयाँ पुगेको छ । बजारमा जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र ग्रीन भेन्चर लिमिटेडको सेयर मूल्यमा १० प्रतिशत बढेर कारोबार भएको छ ।
सर्किट लागेका ग्रीन भेन्चर लिमिटेडको सेयर २९ रुपैया बढेर ३२८ रुपैया पुगेको छ भने जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५८ रुपैयाँ ६४५ रुपैया पुगेको छ ।
नेप्सेमा बुधबार नेस्डो लघुवित्त एनआईसी एसिया सिद्धार्थ बैंक र अरुण भ्याली हाइड्रोपावर कम्पनी को सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |