काठमाडौं, ७ वैशाख ।
गणेशमान सिंहको स्मृतिमा १७ वैशाखमा तेस्रो संस्करणको रोड रेस आयोजना हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने रोड रेसमा १० किलाेमिटर र ५ किलाेमिटरका दुई स्पर्धा हुनेछन् ।
१० किलाेमिटर दौडमा महिला तथा पुरुष तर्फका विजेताले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । दोस्रो हुनेले ३० हजार रुपैयाँ , तेस्रो हुनेले १५ हजार रुपैयाँ, चौंथो हुनेले १० हजार रुपैयाँ र पाँचौं हुनेले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
रेस दरबारमार्गबाट सुरु भई यहि सम्पन्न हुनेछ । संस्करणमा पुरुष र महिला दुवै तर्फ पाँच किलाेमिटर दौड थप गरिएको छ ।
प्रतियोगितामा रेकर्ड कायम गर्ने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |