न्युयोर्क, ७ वैशाख
विश्वकै सबैभन्दा धनाढ्य एलन मस्कले अहिले आफ्नो घर नभएको र साथीहरूको खाली कोठामा सुत्ने बताएका छन् । एक पछिल्लो अन्तर्वार्तामा मस्कले यस्तो खुलासा गरेका हुन् ।
‘अहिले मेरो एउटा ठाउँ पनि छैन । म ठ्याक्कै साथीहरूको ठाउँमा बसिरहेको छु’, उनको भनाई उदृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ ।
‘खाडी क्षेत्रमा यात्रा गर्दा म मूलतः साथीहरूको खाली सुत्ने कोठामा घुम्छु’, अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाका सीईओसमेत रहेका मस्कले भने ।
उनले अगाडि थपे, ‘मसँग समुद्री डुंगा याच छैन । म बिदा लिन्न । ’
विश्वभर सम्पत्तिको असमानता र अर्बपतिहरूले खर्च गर्ने रकमको बारेमा सोधिएका प्रश्नहरूको मस्कले जवाफ दिएका थिए ।‘मलाई लाग्छ कि त्यहाँ स्वयंसिद्ध त्रुटिहरू छन्, जसले त्यो निष्कर्षमा पुर्याइरहेको छ । म व्यक्तिगत उपभोगमा वार्षिक अरबौं डलर खर्च गर्छु भने यो धेरै समस्याग्रस्त हुनेछ तर त्यस्तो छैन’, मस्कले भने ।
एक प्रसँगमा मस्कले आफूले विमान प्रयोग नगर्दा काम गर्ने समय थोरै हुने बताए ।-एजेन्सी
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |