काठमाडौं, ६ वैशाख।
काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा आठौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता ११ वैशाखदेखि हुने भएको छ ।
करिब दुई सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगितामा १० स्पर्धामा खेल हुनेछ । पुरुष महिला सिंगल्स, मिक्स डबल्स, पुरुष भेट्रान ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि सिंगल्स र डबल्स तथा ६५ वर्षमाथि सिंगल्समा प्रतिस्पर्धा हुनेछ ।
सबै स्पर्धामा नगद पुरस्कारको व्यवस्था छ । कूल नगद पुरस्कार राशी पाँच लाख १७ हजार पाँच सय रुपैयाँ राखिएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा सिटिजन्स बैंक रहेको छ ।
साताव्यापी प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् तथा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा खेलाइने छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |