काठमाडौं, ५ वैशाख।
अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफ्ना योजना र कार्यक्रम सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएका छन् । विश्व फुटबलको सर्वाेच्च संस्था फिफाको प्रतिबन्धमा रहेका थापाले ७ वैशाखमा पत्रकार सम्मेलन गर्ने बताएका हुन् ।
उनले वर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले आफूलाई कपोकल्पित आरोप लगाएका कारण विगत सात वर्षदेिख आफू र परिवारले भोगेको पीडाको अन्त्य गर्न पत्रकार सम्मेलन गर्न खोजेको खुलाएका छन् ।
‘एन्फाका वर्तमान नेतृत्व कर्माछिरिङ शेर्पाले मलाई कपोकल्पित लगाएकाे आरोपले गर्दा सात वर्षदेखि म र मेरो परिवारले जुन पीडा भोगेको छ अब यसको अन्त्य हुनुपर्दछ। म अब अगाडि बढें, आइतबार ७ वैशाखमा पत्रकार सम्मेलन गरी योजना र कार्यक्रम सार्वजनिक गर्नेछु,’ उनले भने ।
चार वर्षअघि गणेश थापाको सत्तालाई पराजित गर्दै कर्माछिरिङ शेर्पाको समूह एन्फामा निर्वाचित भएको थियो । त्यही समूह अहिले फुटेर ६ असारमा तय चुनावमा प्रतिस्पर्धा गर्दैछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |