काठमाडाैं, ४ वैशाख।
वर्षको पहिलो दिन सेयर बजार नेप्से २९ दसमलव ६० अंकले ओरालाे लागेकाे छ । नेपाली सेयर मार्केट नेप्से २०७९ साल बजार खुलेको पहिलो दिन आइतबार सेयर परिसूचक १ दशमलव २३ प्रतिशतले घटेर बजार २३ सय ८५ दशमलव ६५ अंकमा पुगेर बन्द भएको छ ।
नेप्सेमा आइतबार ३४ लाख सात हजार २७२ कित्ता शेयर कारोबार हुँदा एक अर्ब ४४ करोड सात लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । केही दिनदेखि नेप्सेमा सेयर कारोबार रकममा निरन्तर ओरालो लाग्दै आएको छ ।
सेन्सेटिभ इन्डेक्स ५ दशमलव १२ अंकले गिरावट आउँदा इन्डेक्स ४५० दशमलव ९८ अंकमा पुगेको छ । आइतबार बजारमा २४ कम्पनी नाफा कमाउँदा १६७ कम्पनीका सेयरधनीले गुमाएका छन् ।
आइतबार घटेको बजारमा नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । नेप्से बजारमा नेस्डो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २२६ रुपैयाँ बढेर दुई हजार ४८८ रुपैयाँ मा कारोबार भएको छ ।
त्यस्तै जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको २१ रुपैयाँ बढेर ५४२ रुपैयाँमा कारोबार भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |