एजेन्सी
किभ, ४ वैशाख ।
युक्रेनको राजधानी किभमा रहेको एउटा सैन्य हार्डवेयर कारखानामा रुसी आक्रमण भएको छ । राजधानी किभबाहिर मिसाइल युनिटमा बम प्रहार गरेको एक दिनपछि सैन्य हार्डवेयर कारखानामासो हमला भएको हो । किभका मेयर भिताली क्लित्सकोले दार्निर्स्की जिल्लामा विस्फोट भएको बताए ।
रूसी सेनाले हार्डवेयर कारखानामा आक्रमण गरेको रूसी रक्षा मन्त्रालयले शनिबार पुष्टि गरेको छ । ‘उच्च सटीक लामो दूरीको हतियारले किभमा हतियार प्लान्टको उत्पादन भवनहरू ध्वस्त पारेको छ’, रुसी रक्षा मन्त्रालयले टेलिग्राममा एक विज्ञप्तिमा भनेको छ ।
गत महिना किभ वरपरका क्षेत्रहरूबाट रुसी सेनाहरू फिर्ता भएपछि राजधानीमा भएको यो पहिलो हमला हो । रुसले आफ्नो सम्पूर्ण शक्ति पूर्वी दोनाबास क्षेत्रमा केन्द्रित गर्ने जनाएको छ ।
रूसी सेनाले हार्डवेयर कारखानामा आक्रमण गरेको रूसी रक्षा मन्त्रालयले शनिबार पुष्टि गरेको छ । ‘उच्च सटीक लामो दूरीको हतियारले किभमा हतियार प्लान्टको उत्पादन भवनहरू ध्वस्त पारेको छ’, रुसी रक्षा मन्त्रालयले टेलिग्राममा एक विज्ञप्तिमा भनेको छ ।
ब्ल्याक सिमा आफ्नो युद्धपोत जहाजमा ठूलो क्षति बेहोरोपछि रुसले ठूलो झड्का महसुस गरेको छ । समुद्री युद्धपोतलाई युक्रेनी सेनाले ध्वस्त बनाएको युक्रेनले दाबी गरेको छ । युक्रेनले युद्धपोतलाई मिसाइल आक्रमणको निशानामा परेको बताए पनि रुसले जहाजमा रहेको गोलाबारुद विस्फोटका कारण आगलागी भएको दाबी गरेको छ ।
सोही हमलालाई लिएर रुसले तेस्रो विश्वयुद्ध सुरु भएको चेतावनी दिएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |