एजेन्सी
बेइजिङ, ४ वैशाख
एप्पलको आईफोनको एक प्रमुख उत्पादकले सांघाईमा आफ्ना उत्पादन बन्द गरेको छ । लकडाउनका कारण प्रविधि कम्पनी पेगाट्रोनले उत्पादन बन्द गरेको हो ।
पेगाट्रोनले चीनमा रहेका आफ्ना दुई कारखानामा उत्पादन अस्थायी रूपमा स्थगित गरेको जनाएको छ । अधिकारीहरूले मंगलबार सांघाईमा कोभिडसम्बन्धी प्रतिबन्ध खुकुलो बनाइरहेका बेला कम्पनीले उत्पादन अस्थायी रूपमा बन्द गर्ने बताएको हो ।
प्रतिबन्ध खुकुलो भएसँगै सहरका २ करोड ५० लाख मानिसहरू केही साताको ‘बन्दी’ पछि घरबाहिर निस्कन पाउने भएका छन् । मुख्य उत्पादन र वित्तीय हबमा संक्रमण बढेपछि मार्चको अन्तमा सहरमा लकडाउन घोषणा गरिएको थियो ।
स्थानीय सरकारको कोभिड–१९ रोकथाम प्रावधानपछि पेगाट्रनले सांघाई र नजिकैको कुन्सानका कारखानाहरूको सञ्चालन रोकेको हो । कम्पनीले सक्दो चाँडो पुनः सञ्चालन गर्ने बताएको छ ।
जापानी अखबार निक्केईका अनुसार प्रमुख एप्पल म्याकबुक निर्माता क्वान्टा र आईप्याड निर्माता कम्पल इलेक्ट्रोनिक्सले पनि चिनियाँ सहरहरूमा आफ्ना काम रोकेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |