बेइजिङ, ४ वैशाख
तीन जना चिनियाँ अन्तरिक्ष यात्री देशको अहिलेसम्मकै लामो अन्तरिक्ष अभियान पूरा गरेर शनिबार पृथ्वीमा फर्किएका छन् । अन्तरिक्ष यात्रीहरू १८३ दिनसम्म अन्तरिक्षमा रहेका थिए । अन्तरिक्ष यात्री – झाइ झिगाङ, यी गुआङफु र एक महिला चालक सदस्य वाङ यापिङ अक्टोबरमा अन्तरिक्षतर्फ प्रस्थान गरेका थिए ।
उनीहरू १८३ दिनसम्म अन्तरिक्षमा रहे र वर्षको अन्त्यसम्ममा अन्तरिक्ष स्टेसन पूरा गर्न आवश्यक ११ वटा मिसनमध्ये पाँचौं मिसन पूरा गरेका छन् । सेन्झेउ– १३ गत अप्रिलमा सुरु भएको अन्तरिक्ष स्टेशनको निर्माण पूरा गर्नका लागि चार योजनाबद्ध चालक दल मिसनहरूमध्ये दोस्रो थियो ।
सेन्झेउ–१२ सेप्टेम्बरमा पृथ्वीमा फर्किएको थियो । चीनले अव दुईवटा मिसनहरू– तियान्झाउ–४ र शेन्झाउ–१४ प्रक्षेपण गर्ने योजनामा छ ।-एजेन्सी
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |