एजेन्सी
पन्जाब, ३ वैशाख
पञ्जाबमा आम आद्मी पार्टी (आप)को सरकारले हरेक घरमा ३०० युनिट बिजुली निःशुल्क दिने घोषणा गरेको छ । आम आद्मीले शनिबार सो घोषणा गरे पनि १ जुलाईदेखि मात्र निश्चित युनिट विजुली निःशुल्क दिइने बताइएको छ ।
भगवन्त मान नेतृत्वको सरकार गठन भएको एक महिना पूरा भएको अवसरमा सर्वसाधारणलाई राहत दिन यस्तो घोषणा गरिएको हो । पञ्जाब सरकारले यसै घोषणातर्फ संकेत गर्दै मुख्यमन्त्री भगवन्त मानले मंगलबार राज्यका जनतालाई छिट्टै ‘खुशीको खबर’ दिने बताएका थिए ।
‘हाम्रा नेता र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग रमाइलो भेट भयो । छिट्टै, पञ्जाबका जनतालाई खुसीको खबर दिनेछु’, मुख्यमन्त्री मानले ट्वीट गरेका थिए ।
पञ्जाब विधानसभा चुनावमा प्रत्येक घरमा ३०० युनिटसम्म निःशुल्क बिजुली उपलब्ध गराउने आम आदमी पार्टीले गरेको प्रमुख वाचामध्ये एक थियो ।
राज्यमा अतिरिक्त बिजुली उत्पादन भए पनि लामो समय बिजुली कटौती गरिएकाे र धेरै मानिसहरूको बिलमा पैसा बढेर आउने गरेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालल बताएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |