मनिला–फिलिपिन्समा यसै साता आँधीपछि आएको बाढीपहिरोमा मृत्यु हुनेको संख्या ६७ पुगेको छ । शक्तिशाली मेगी आँधीपछि आएको बाढीपहिरोमा अझै केही हराइरहेका छन् । बाढीपहिरोबाट मध्यप्रान्त लेयते सबैभन्दा बढी प्रभावित छ ।
माटो र पानीको बहावले घरहरू जलमग्न छन् । अबुयोग नगरपालिकाको तटीय गाउँ पिलारमा १३ जनाको मृत्यु भएको र अझै १५० जना बेपत्ता भएको अबुयोगका मेयर लेमुएल ट्रायाले बताएका छन् ।
पहिरोले सडक बगाएपछि २५० जनालाई डुंगाबाट उद्धार गरिएको उनले जानाकारी दिए । बाढी प्रभावित बेबे शहरमा कम्तीमा ४८ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । त्यस्तै २७ जना अझै बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
ठूलो संख्यामा मानिसहरू बेपत्ता भएकाले मेगीबाट मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ । अबुयोगका प्रहरी प्रमुख क्याप्टेन जेम्स मार्क रुइजले पिलारमा पीडितका लागि थप डुङ्गाको आवश्यकता रहेको बताए ।
ब्यूरो अफ फायर प्रोटेक्सनले फेसबुकमा पोस्ट गरेका तस्विरमा भवनहरु भत्किएको र केही पानीमा डुबेको देख्न सकिन्छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |