न्युयोर्क, १ वैशाख
युक्रेनलाई लिएर वासिंगटनले गरेको दण्डात्मक कदमको बदलास्वरूप रुसले बुधबार अमेरिकी कांग्रेसका ३९८ सदस्यमाथि प्रतिबन्ध लगाएको छ । ‘अमेरिकाले लगातार लगाउँदै आएको प्रतिबन्धलाई ध्यानमा राख्दै, निकट भविष्यमा रुसी प्रतिबन्धका थप घोषणाहरू गर्ने योजना छ’, रुसी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । उनीहरुलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।
रुसले क्यानडाको सिनेटका ८७ सदस्यहरुमाथि पनि प्रतिबन्ध लगाएको छ । ओटावाको ‘अदूरदर्शी’ नीतिहरूको जबाफमा थप कदम चालिने पनि विदेश मन्त्रालयले चेतावनी दिएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुवरीमा युक्रेनमाथि हमला सुरु गरेसँगै पश्चिमा देशहरुले मस्कोमाथि विभिन्न प्रतिबन्धहरु लगाएका थिए। त्यसको बदलामा रुसले पनि ति देशहरुमाथि प्रतिबन्ध लगाएको हो ।
यसैबीच, रुसी सेनाले आफ्नो हमला पूर्वी युक्रेनमा केन्द्रित गरेको छ ।-एजेन्सी
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |