काठमाडौं, ३० चैत
प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरू भारतीय दुतावासमा पुगेपछि नेकपा (एकीकृत समाजवादी) पार्टी निकट अनेरास्ववियु अध्यक्षमा सुदेश पराजुलीले विरोध जनाएका छन् ।
स्वदेश फर्कन लागेका भारतीय राजदूत विनयमोहन क्वात्राको बिदाइ भोजमा सहभागी हुन प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू मंगलबार साँझ लैनचोर पुगेका थिए ।
तर, सत्ता गठबन्धनकै घटक समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष पराजुलीले फेसबुकमा भनेका छन्, ‘सामान्य कर्मचारी बिदाइमा दुतावास गएर रात्रिभोजमा सरिक हुने कुरा कुटनीतिक मर्यादाविपरीत छ ।’ यस्ता क्रियाकलापबारे नेता, नेतृत्व सदैब आलोचना गर्नुपर्ने उनले बताएका छन् ।
‘मर्यादाविपरीत भोजले नेताहरू स्वयंको भोक मेटाउँदैन । हाम्रो स्वाभिमान र निष्ठामा केवल चोट मात्रै पु¥याउँछ,’ उनले लेखेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |