धादिङ,२९ चैत।
धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ३ को शत प्रतिशत घरमा धारा निर्माण गरी जिल्लाकै पहिलो वडा घोषणा गरिएको छ ।
वडा भित्रका सबै घरमा खानेपानीको धारापुगेसँगै मंगलबार वडा नम्बर ३ स्थित गुम्दीमा एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष बल बहादुर अधिकारी, शान्ति नेपालका परियोजना संयोजक इन्द्रमान शाक्य, गाउँपालिकाका जनप्रतिनिधिहरु विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगाएतको आतिथ्यतामा एक घर, एक धारा वडा घोषणा गरिएको हो ।
गाउँपालिका, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धादिङ,GWT नेपाल, शान्ती नेपाल, लगायत सरकारी तथा गैरसरकारी संघ संस्था लगायत स्थानियको सहयोगमा जनताको घरघरमा खानेपानीको धारा पु¥याईएको वडा अध्यक्ष विजय गुरुङले बताउनुभयो ।
एक घर, एक धारा अभियानलाई जिल्लाकै पहिलो बनाउन सहयोग गर्ने सबै सहयोगी दाता तथा वडा नम्बर ३ का वडाबासीलाई धन्यवाद दिँदै विकास निर्माणका काममा एकढिक्का भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
वडाका अन्य विकासका काममा पनि सबै एकजुट भएर लाग्न वडा अध्यक्ष गुरुङले आग्रह गर्नुभएको छ। यस्तै उक्त कार्यक्रमको अवसरमा नवनिर्मित वडा नम्बर ३ को वडा कार्यालय भवनको पनि उद्घाटन गरिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |