काठमाडौं, २९ चैत
स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले २१ बुँदे सुझाव पेस गरेको छ । एमाले घोषणापत्र मस्यौदा समितिलाई पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले सुझाव पेस गरेको हो ।
उक्त सुझाव पार्टीका वरिष्ठ उपाध्यक्ष तथा घोषणापत्र मस्यौदा समितिका संयोजक ईश्वर पोखरेललाई हस्तान्तरण गरिएको थियो ।
एमालेले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र मस्यौदा समितीले पार्टीका विभिन्न तह, विभाग तथा बुद्धिजीवीहरुबाट सुझाव आह्वान गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराई र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष डा. झलक गौतमले सुझाव पेश गरेका हुन् ।
नेपालको संविधान, दिगो विकास लक्ष्य, पन्ध्रौं पञ्चवर्षीय योजना तथा स्वास्थ्य र जनसंख्या क्षेत्रका विषयगत कानुनले निर्दिष्ट गरेका प्रावधानहरूको कार्यान्वय गर्न तिर लाग्न सुझाव दिइएको छ ।
निरोगी नेपालमार्फत् ‘सुखी नेपाली र सम्वद्ध नेपाल’ को राष्ट्रिय आकांक्षा पूरा गर्न गुणस्तरीय स्वास्थ्य सेवा, सूचना र शिक्षा प्राप्त गर्ने नागरिकको मौलिक अधिकार र राज्यको दायित्व भएको कुरालाई समेत आत्मसात गर्न सुझाव पेस गरिएको छ ।
स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर पालिकाद्वारा खर्च गरिने विकास बजेटको न्यूनतम १० प्रतिशत बजेट स्वास्थ्य सेवाको विकासको लागि खर्च गरिने भनेर घोषणापत्र बनाउन सुझाव दिइएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |