काठमाडौं, २९ चैत
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहरी विकास नीति, सहरी विकास ऐनको विधेयकसँगै एकीकृत कोरिडोर निर्माणसम्बन्धी विधेयक बनाउन लाग्नु सकारात्मक भएको बताएका छन् ।
सहरी विकास मन्त्रालयले नीति र ऐन निर्माण गर्दै छ । विकास मोडलबारे नयाँ संविधानले अंगिकार गरेको नीतिभित्र रहेर राजनीतिक परिवर्तन सम्बोधन गर्नेगरी विधेयक निर्माण हुँदा खुसी भएको प्रचण्डले बताए ।
उनले मन्त्री रामकुमारी झाँक्रीसहित मन्त्रालयका सचिवसँगै सम्बद्ध सबैलाई धन्यवाद पनि दिए ।
अन्य मन्त्रालयहरूले पनि संविधानको मर्म र भावनाअनुसार मन्त्रालयको कामलाई परिमार्जित र परिवर्तित रूपबाट गर्ने कुरामा ध्यान दिन प्रचण्डको आग्रह छ ।
सहरी विकास मन्त्रालयले मंगलबार राष्ट्रिय सहरी नीति परिमार्जन र सहरी विकास ऐन तर्जुमा विषयक छलफलमा प्रचण्डले विकासको मौलिक मोडल विकास गर्न जरुरी रहेको पनि बताएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |