काठमाडौं, २८ चैत
नेप्से परिसूचक सोमबार एकै दिन ४४ अंकले गिरावट आएको छ । सोमबार बजार ४४ दशमलव ६५ ले घटेर २४ सय १९ दशमलव ७१ अङ्कले गिरावट आएको हो ।
नेप्सेमा ५० लाख ९५ हजार ८ सय ३४ कित्ता सेयर कारोबार हुँदा दुई अर्ब २६ करोड सात लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा कारोबार रकम बढे पनि बजारमा एक दशमलव ८१ प्रतिशतले गिरावट आएको छ । आइतबार सार्वजनिक बिदापछि खुलेको बजारमा १७ कम्पनीले नाफा कमाउँदा एक सय ७६ कम्पनीका सेयर धनीले गुमाए ।
नेसडो, समृद्ध लघुवित्त वित्तीय संस्था र जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । नेप्से बजारमा नेस्डो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य एक सय ७० रुपैयाँ बढेर एक हजार आठ सय ७० रुपैयाँ र जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४४ रुपैयाँ ६० पैसा बढेर चार सय ९१ रुपैयाँमा कारोबार भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |