धादिङ,२७ चैत।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र नीलकण्ठ नगरपालिका–३ ले उम्मेदवारको टुङ्गो लगाएको छ।
आईतबार बसेको वडा समितिको बैठकले नारायण कुमार श्रेष्ठलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । बैठकले दलित महिला सदस्यमा झरना सुनार र महिला सदस्यमा शान्ति कुमारी श्रेष्ठ, सदस्यहरुमा युवराज रिजाल र रेगन श्रेष्ठलाई छनौट गरिएको बताईएको छ ।
यसैगरी वडा कमिटिको छलफलबाट माओवादी केन्द्र जिल्ला समन्वय समितिका सदस्य रुद्र बहादुर खत्रिलाई नीलकण्ठ नगरपालिकाको उपमेयर सर्वसम्मत छनौट गरेको छ।
नारायण कुमार श्रेष्ठको अध्यक्षतामा बसेको उक्त बैठकमा राजकुमार श्रेष्ठ,रुद्र बहादुर खत्रि लगाएत नगर समितिका सदस्यहरुको आतिथ्यता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |