धादिङ,२७ चैत।
बैशाखमा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने नेपाल बैङ्कर्स सङ्घले निर्णय गरेको छ ।
ब्याजदर बढाएर पनि निक्षेप सङ्कलन अपेक्षा अनुसार नबढेपछि चैत महिनाको जस्तै बैशाख महिनाका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।
वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स सङ्घले बैशाखका लागि पनि चैतकै ब्याजदर प्रकाशित गर्ने सहमति गरेको हो । अब वैशाख महिनाका लागि बैङ्कहरूले चैतकै ब्याजदर प्रकाशित गर्नेछन् ।
जसअनुसार वाणिज्य बैङ्कहरूको हाल एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर तोकिएको छ । गत माघको तुलनामा फागुनमा बैङ्कहरूले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशत बिन्दुले बढाएका थिए ।
फागुनमा वाणिज्य बैङ्कहरूले संस्थागत एक वर्षे मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत कायम गरेका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |