काठमाडौं, २७ चैत
एएफसी फुटसल एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ को अन्तरले पराजित भएको छ ।
कीर्गिस्तानको बिश्केकमा भएको खेलमा उज्वेकिस्तानलाई जित दिलाउन रोपिइभ इख्तियोरले दुई तथा खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एल्मुरोदोभ एब्बोसले समान एक एक गोल गरे ।
नेपालका मणि लामाले एक मात्र गोल फर्काए ।
एसियाली छनोटमा बलियो मानिएको उज्वेकिस्तानले पहिलो हाफमै तीन गोल गरेको थियो । नेपालले दोस्रो हाफमा एक गोल फर्कायो ।
खेलको दोस्रो मिनेटमै निशोनोभले गोल गर्दै उज्वेकिस्तानलाई अग्रता दिलाए । ११औँ मिनेटमा अकबरले दोस्रो गोल गरे भने इख्तियोरले १६ मिनेटमा गोल गर्दा नेपाल पहिलो हाफमा ३–० ले पछि पर्याे ।
२८ मिनेटमा रिवाउण्ड बलमा मणिले गोल गर्दै अग्रता ३–१ मा झारे । ३२ मिनेटमा इख्तियोरले व्यक्तिगत तेस्रो गोल गरे भने एब्बोसले ४०औँ मिनेटमा गोल गर्दै उज्वेकिस्तानलाई ५–१ को सहज जित दिलाए ।
समूह ’बी’ मा रहेको नेपालले दोस्रो खेलमा सोमबार ताजकिस्तानसँग खेल्नेछ भने अन्तिम खेल २९ चैतमा अफगानिस्तानसँग खेल्नेछ ।
Photo: NSJF
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |