काठमाडौँ, २७ चैत
साताकाे पहिलाे दिन आइतबार सुनको भाउ आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँ कायम भएको छ ।
यसअघि, गत साताकाे अन्तिम दिन शुक्रबार सुन तोलाको ९९ हजार पाँच सय कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ १० रुपैयाँले बढेको छ। शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी एक हजार तीन सय ६५ रुपैयाँ निर्धारण भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |