एजेन्सी
ब्राटिस्लाभा, २७ चैत
रुसले युक्रेनमा अतिक्रमण गरेको ६ साता बितेको छ । रुसी हमलाको प्रतिकार गर्न युक्रेनले छिमेकी देशहरूसँग हतियार सहयोग माग गर्दै आएको छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले नेटोको मुख्यालयमा फेरि अर्को अनुरोध गरेका छन् । उनले विमानहरू, बख्तरबंद सवारी साधनहरू, वायु रक्षा प्रणाली र भूमिमा आधारित एन्टी–शिप मिसाइलहरू माग गर्दै आएका छन् ।
उनको मागपछि नेटोको सदस्य स्लोभाकियाले एस–३०० वायु रक्ष प्रणाली युक्रेनलाई सहयोग गर्ने प्रधानमन्त्री इडुवार्ड हेगरले बताएका छन् ।
किभलाई ३० देशहरूले सैन्य सहयोग गर्ने अमेरिकाले बताइरहेको भोलिपल्ट स्लोभाकियाले हतियार प्रदान गर्ने घोषणा गरेको हो । यसअघि अस्ट्रेलियाले पनि युक्रेनलाई हतियार उपलब्ध गराउने घोषणा गरेको थियो ।
‘म यो पुष्टि गर्न चाहन्छु कि स्लोभाकियाले युक्रेनलाई हवाई रक्षा प्रणाली एस–३०० उपलब्ध गराएको छ । युक्रेनले बहादुरीका साथ आफ्नो सार्वभौम देशको रक्षा गर्दैछ । सहयोग गर्नु हाम्रो कर्तव्य हो’, प्रधानमन्त्रीले ट्विट गरेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |