धादिङ,२६ चैत।
नेपालमा थप १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
गत २४ घन्टामा देशभर ४ हजार १५५ कोरोना परीक्षण गर्दा १३ संक्रमित थपिएका छन् भने ४४ संक्रमित निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।अब देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ३७ जना मात्रै रहेको छ।
देशभर २ हजार ५३९ आरटी पिसिआर परीक्षणमा १२ जना र १६ सय १६ एन्टिजेन परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै संक्रमण कारण मृत्यु हुने पनि शुन्य रहेको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ९ लाख ६५ हजार ९८० पुगेको छ भने ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ। देशभर आजसम्म ११ लाख १८ हजार ७८३ कोभिड संक्रमित भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |