धादिङ,२४ चैत।
अनेरास्ववियु धादिङको जिल्ला सम्मेलन आयोजक कमिटि गठन गरिएको छ। बिहिबार धादिङबेशीमा भएको बृहत् जिल्ला भेलाबाट रक्तिम रेग्मीको संयोजकत्वमा आयोजक कमिटी गठन गरिएको हो। अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुनिता बरालको प्रमुख आतिथ्यमा सम्पन्न भेला तथा प्रशिक्षण कार्यक्रमले स्थानिय तह निर्वाचनपछि जिल्ला सम्मेलन गर्नेगरि आयोजक कमिटी गठन गरिएको हो ।
रेग्मीको संयोजकत्वमा गठित आयोजक कमिटीको उपसंयोजकमा कल्याण अधिकारी, सचिवमा श्याम लामा, उपसचिवमा बाबुराम बस्नेत र रेशम श्रेष्ठ र कोषाध्यक्षमा कल्याण सिन्चिउरीलाई सर्वसम्मत निर्वाचित गरेको छ।
प्रशिक्षण कार्यक्रममा नेकपा एमाले धादिङका ईन्चार्ज खेमलोहनीले गठबन्धनवालालाइ धुलो चटाउन एमाले तयार भएको बताउनुभयो । स्थानिय तह निर्वाचनमा एमालेलाई जिताउन सबै कार्यकर्तालाई लाग्न आग्रह गरिएको छ । सबै पालिकाबाट सहभागी विद्यार्थी नेताहरुले चुनावमा सुर्यध्वजाबहाक उम्मेदवार जिताउन लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |