काठमाडौं, २३ चैत
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले अध्यक्ष महन्थ ठाकुरको अवस्था सामान्य रहेको बताएको छ ।
स्वास्थ्यमा समस्या आएपछि भैरहवाबाट हेलिकप्टरमा ल्याएर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको लोसपा कार्यकारिणी सदस्य सुरेन्द्र झाले जानकारी दिए ।
उनका अनुसार प्रारम्भिक परीक्षणमा ठाकुरको स्वास्थ्य अवस्था सामान्य देखिएको छ । ‘उपचारमा संलग्न चिकित्सकले दिएको जानकारीअनुसरा अध्यक्षज्यूको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ झाले भने ।
पार्टीको कार्यक्रममा भैरहवामा हुँदा समान्य ज्वरो, पखाला तथा डिहाइड्रेशनसमेत देखिएकोले हेलिकप्टरबाट मेडिसिटी अस्पतालमा ल्याएर उपचार भइरहेको उनले बताए ।
गम्भीर समस्या नदेखिएको भन्दै झाले भने, चिकित्सकहरूको ब्रिफिङअनुसार प्राराम्भिक जाँचमा स्वास्थ्य अवस्था सामान्य रहेको र गम्भीर समस्या केही देखिएको छैन ।’
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |